आज जनकपुरमा आइपुग्दै नेपालको रेल




आज जनकपुरमा आइपुग्दै  नेपालको रेल

अखबारपत्र

काठमाडौः असोज २। कुर्था-जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि नेपालले किनेको रेल सेट आज शुक्रबार नेपाल आईपुग्दैछ।
अखबारपत्र, रामेछाप, असोज २ ।काठमाडौः नेपालले खरिद गरेको जयनगर(जनकपुर रेलको ट्रेन सेट आज शुक्रबार जनकपुर आईपुग्दैछ।
लामो समय देखि बन्द रहेको नेपालको एकमात्र रेल सेवाको पुनः संचालनका लागि दुई सेट रेल तथा चार सेट इन्जिन ल्याउन लागिएको हो ।
रेल आएपछि परीक्षण र कमिसनिङको काम हुनेछ। नेपाल रेल्वे शुक्रबार १ बजेसम्म नेपाल आइपुग्ने,र परीक्षण सफल रहे मात्रै स्वीकार गरिने कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए। शनिबार भारतीय पक्षले नेपाललाई ट्रेन सेट हस्तान्तरण गर्नेछ। औपचारिक कार्यक्रममा सहभागी हुन महाप्रबन्धक भट्टराई र रेल विभागका कर्मचारी जनकपुर गएका छन्।

नेपालले चेन्नइको कोंकर्ण रेलवे कर्पोरेसनलाई दुई वटा ट्रेन सेट अर्डर गरेको थियो। गत वर्ष नै अर्डर गरिएका दुवै ट्रेन सेट कम्पनीले तयार पारेको थियो। सीमापारि बिहारको हाजीपुरमा ल्याएर राखिएका ट्रेन सेट भित्र्याउनु अघि विभागले तयारीका निम्ति समय मागेको थियो। यो रेल असोजदेखि संचालनमा ल्याउने तयारी छ।

जनकपुर-जयनगर खण्डमा चलाउन लागेको रेल अत्याधुनिक इलेक्ट्रोनिक सिस्टमको हो। नेपालले करिब ८६ करोड रुपैयाँमा दुइ सेट डेमु ट्रेन खरिद गरेको हो। रेल आइपुगेपछि जयनगरमा राखिनेछ। दिनभर संचालन गरेर राख्नका लागि जयनगरमा पार्किङ स्टेशन बनाइएको भट्टराईले बताए।

 


प्रतिक्रिया