अखबारपत्र
काठमाडौं,असोज १। रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकामा रहेको आधारभुत विद्यालयमा विद्यार्थीलाई कपडा वितरण गरिएको छ ।
दोरम्बा गाउँपालिकाको सहयोगमा दोरम्बा-रात्माटामा रहेको श्री कालीदेवी आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई कपडा वितरण यही भदौ ३० गते गरिएको विद्यालयको प्रधानाध्यापक शरिला पाठकले बताइन ।
दोरम्बा सिस्नेरी रात्माटा वडा न. २ मा रहेको यस आधारभुत विद्यालयमा हाल बाल कक्षा सहित गरेर १८ विद्यार्थी अध्ययनरत छन । विस २०४५ सालमा स्थापना भएको विद्याल हाल कक्षा ३ सम्म सञ्चालनमा छ ।
अहिले कुँडुले, सिस्नेरी, धोविखोला लगायतका बालबालिकाको लागि यहि एकमात्र स्कुल सञ्चालनमा छ । कक्षा ३ को पढाई पुरा गरेपश्चात विद्यार्थीहरु करिब ४५ मिनटको बाटो हिडेर सुनापति गाँउपालिका अन्र्तगत मानपुरमा रहेको विद्यालयमा जान बाध्य छन ।