अखबारपत्र, काठमाडौँ, भदौ २४। रामेछापको दोरम्बा गाउँपालिकामा दोरम्बा प्राथमिक अस्पताल संचालनमा आएको छ ।
दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले एक समारोहकाबीच दोरम्बा अस्पतालको उद्घाटन गरेका छन ।
समारोहमा बोल्दै मोक्तानले अस्पताललाई आवश्यक पर्ने पूर्वाधार र उपकरण थप गर्दै लैजाने बताए ।
अस्पताल सञ्चालन भएपछि सामान्य उपचारका लागि काठमाडौ जानुपर्ने बाध्यता हटेको छ । दोरम्बा प्राथमिकता अस्पताल संचालन भएसंगै दोरम्बाका स्थानीयवासीले खुसी व्यक्त गरेका छन ।
दोरम्बाले गत बर्षको फागुनमा १५ शैयाको अस्पतालको स्वीकृति लिएको थियो । तर पूर्वधार र जनशक्तिको व्यवस्थापनमा भएको ढिलाइको बाबजुत दोरम्बाले तत्कालका लागि ५ शैयाबाट संचालन शुरु गरेको हो ।
अध्यक्ष मोक्तानले प्रस्तावित १५ शैयाको अस्पतालको लागि भवन निर्माण गर्न डिपिआरको काम सम्पन्न भइसकेकाले यस आर्थिक वर्षभित्र नै निर्माणको काम अगाडि बढाउने जानकारी दिए ।
शैल्यक्रिया बाहेक एक्स्रे, भिडियो एक्स्रे लगायतका सुविधा व्यवस्था गरी जनतालाई सहज स्वास्थ्य सेवा दिने अस्पतालले जनाएको छ ।