अखबारपत्र
काठमाडौं, भाद्र २२ । आइतबार रातिबाट परेको अविरल वर्षाका कारण ताप्लेजुङमा पहिरो जाँदा पावर हाउसमा काम गर्ने दुई जना कर्मचारी बेपत्ता भएका छन्।
सिरिजङ्घा गाउँपालिका वडा नम्बर ४ तेल्लोकको नागदेवा जलविद्युत आयोजनाको पावर हाउसमा माथिबाट पहिरो झरेको थियो । पहिरोले पुर्दा पावर हाउससँगै त्यसमा काम गर्ने तेल्लोकका ३० वर्षीय राजु लिम्बू र ५५ वर्षीय विष्णुदास थेवे बेपत्ता भएको जि.प्र. का.ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए।
पहिरोबारेको जानकारी प्रहरीलाई अहिले बिहान ६ बजे प्राप्त भएको श्रेष्ठले बताए। उनका अनुसार इलाका प्रहरी कार्यालय तल्लोकका प्रहरी निरीक्षक अर्जुन पोखरेलको कमाण्डमा प्रहरी टोली परिचालन भएको छ।
प्रहरीका अनुसार अहिले प्रहरी र स्थानीय समुदायको सहकार्यमा पुरिएको स्थलमामा उद्धार कार्य जारी रहेको र बेपत्ताको खोजी भइरहेको छ।