सुजन कँडेल- अखबारपत्र
भदौ १७ – रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा गत शनिवार विहानै कुकुरको आतंक मच्चियो । मन्थली बजारको सडकमा एक छाडा कुकुरको आक्रमणमा परी १४ जना घाइते भए ।
मन्थली नगर पालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतका अनुसार शनिबार एकाएक एक कुकुरले मन्थली बजारमा १४ जना घाइते बनाएको र घाइते मध्य ९ जना उपचारका लागी काठमाण्डौ पठाएको बारे बताए । १४ जना मध्य ५ जनाको उपचार मन्थलीमै भएको र बाँकि ९ जनामा ८ जना उपचार पश्चात घर फर्किएको र एक महिलाको भने काठमाण्डौमा उपचार हुदै गरेको बस्नेतले अखबारपत्रलाई जानकारी गराए ।
१४ जना घाइते मध्यकी सख्त घाइते रामेछाप, कठजोर अर्चलेकी कविता नेपालीको उपचार ट्रमा सेन्टरमा भइरहेको
आकाश भट्टराईले अखबारपत्रलाई बताएका छन । आकाशका अनुसार कविता आर्थिक रुपले विपन्न भएका कारण हामी जिल्लावासीका हिसाबले सहयोग गरिरेहका छौ । कविताको उपचार तथा खानाको व्यवस्था अस्पतालका निमित्त मेडिकल डाइरेक्टर सन्तोष पौडेलको सहयोेगमा अस्पतालबाटै भइरहेको जानकारी दिए ।
आर्थिक रुपमा विपन्न रहेकी नेपालीको उपचारका लागी नगरपालिकामा सहयोग गर्न भनेर कुनै पनि अपिल आइनसकेको र यदि त्यस्तो अपिल आए सहयोगका लागि तत्पर रहेको नगर प्रमुखले जानकारी दिए ।
अखबारपत्रसँग टेलिफोनवार्तामा नगर प्रमुख बस्नेतले यस अघि पनि सडकका छाडा कुकुरले बारम्बार दुख दिदै आएको तथा गत महिना ओख्रेनीबाट भाग्दै आएको कुकुरले १२ जनालाई घाइते बनाएको बारे जानकारी गराउनु भयो । उक्त समय पनि हामीले ८ जनालाई काठमाण्डौमा उपचारका लागी पठाएका थियौ ।
कोभिड-19 पछि बजार बन्द भएको र खाना खान नपाएको कारणले आक्रमक भएको हुन सक्ने बस्नेतले बताए ।
गत माघमा २२४ छाडा कुकुरलाई मन्थली बजारमा रेबिज बिरुद्धको खोप तथा वध्याकरण गर्ने काम गरिएको थियो । गाँउगाँउमा गएर पनि लगभग ५०० को हाराहरीमा खोप तथा भ्यासेक्टोमी जस्ता उपचार कार्य नगरपालिकाले गरेको थियो ।
१४ जनालाई आक्रमण पछि ६०, ७० वटा कुकुर मन्थली नगरपालिकमा मारिएको भन्ने हल्ला चलेको छ नी ?
भन्ने प्रश्नमा बस्नेतले त्यसमा कुनै पनि सत्यता नरहेको तर आक्रोशका क्रममा एक दुई वटा कुकुर सम्म स्थानियले मारेको हल्लाचाँहि आएको थियो नगर प्रमुखले बताए ।
यस अघि पनि बारम्बार कुकुरको आक्रमण सहनु परेको र आफ्ना चौपाय समेत सुरक्षित नरहेको कारण स्थानियहरु भने आक्रोशित भएका छन । यस तर्फ सम्बन्धित निकायले कुनै पनि चासो नदेखाएको स्थानियको गुनासो छ भने अझै कति दिन र कहिले सम्म मन्थलीवासीले यस्तो आतंक सहनुपर्ने हो भनेर त्रसित पनि छन ।
दोलखाको मेलुंगमा कुकुरको आक्रमणमा परी ४ जनाको मृत्युले त झन स्थानियलाई आतंकितनै बनाएको छ ।
कुकुरले टोकेपछी लगाउने भ्याक्सिन समेत सहज छैन काठमाण्डौ जानुपर्छ भन्ने स्थानिय व्यक्तिहरुले आक्रोश व्यक्त गरेका
छन भन्ने प्रश्नमा – नगर प्रमुख बस्नेतले नगपालिकामा प्राथमिक उपचार केन्द्र भएपनि हामी सँग पर्याप्त मात्रामा रेबिज बिरुद्धको खोप तथा प्राथमिक उपचार को साधन रहेको जानकारी गराए ।
कुकुको टोकाईबाट घाइते भएका स्थानिय कृष्ण कार्की शनिबारनै काठमाण्डौ आएर रेविज विरुद्धको सुइ लगाएर घर फर्किसकेका छन । कार्की मन्थली न.पा सुनारपानी-५ का स्थानिय बासिन्दा हुन कार्कीले आज १६ गते स्थानिय स्वास्थ्य चौकीमा खोप लगाएका छन भने २० गते फेरी खोपका लागी बोलाइएको बताए ।
रामेछापका पत्रकार अप्रिल अधिकारीका अनुसार कुकुरको आक्रमणबाट १४ घाइते मध्य १३ को अबस्था सामान्य रहेको जानकारी गराएका छन ।
कुकुर आक्रमणमा घाइते भएर घर फर्किएकाहरुलाई १६ गते आफ्नो पायक पर्ने अस्पताल तथा स्वास्थ्य चौकीमा खोप लगाउन भनिएको थियो भने २० गते फेरी खोपका लागी बोलाएको कुकुर आक्रमणमा परेका घाइतेले बताए ।