उर्जा जलस्रोत तथा सिचाइँ मन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै निरन्तरता दिने बताए ।
उहाँले सरकारको नीति तथा कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गरेर प्राधिकरणलाई नाफामा लैजान सफल हुनुभएकाले घिसिङलाई नै प्राधिकरणमा निरन्तरता दिनलागिएको मन्त्री पुनले जानकारी दिए ।
भदौ २९ अघि नै मन्त्रालयका तर्फबाट उहाँलाई दोश्रो कार्यकालका लागि नियुक्ती गर्नका लागि प्रस्ताव जाँदैछ । त्यो प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेपछि उहाँ दोश्रो कार्यकालका लागि नियुक्त हुनुहुनेछ त्यसको लागी तयारी थालिसकिएको उर्जा मन्त्री पुनले बताए ।
घिसिङलाई दोहोर्याउने विषयमा मन्त्री पुनले प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत परामर्श गरेका छन् । सामाजिक सञ्जाल तथा सार्वजनिक बहसमा कार्यकारी निर्देशक घिसिङलाई दोहोर्याउन आवाज उठिरहेको छ । कार्यकारी निर्देशक घिसिङलाई ४ वर्ष अघि तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्ति दिएका थिए । आम नागरिकहरुले घिसिङलाई नै प्राधिकरणमा निरन्तरता दिनुपर्ने माग गर्दै आएका छन् । केही दिनयता सामाजिक सञ्जाल तथा सार्वजनिक बहसमा कार्यकारी निर्देशक घिसिङलाई दोहोर्याउनु पर्ने आवाज निकै उठिरहेको बेला पुनः नियुक्तीको हल्लाले सामाजिक संजाल
बधाई तथा शुभकामनाले भरीएको थियो ।