डिक्यानका सल्लाहकार महेश कार्की कांग्रेसको विभागमा सदस्य नियुक्त




डिक्यानका सल्लाहकार महेश कार्की कांग्रेसको विभागमा सदस्य नियुक्त

नेपाली काँग्रेसको पार्टी महाधिवेशन आउन केही समयमात्र बाँकी रहँदा नेपाली कांग्रेसको सचिव र सदस्यहरू मनोनयन गरिएको छ । नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिमश्रावण २५ गते प्रेस विज्ञप्ति जारि गरि नेपाली कांग्रेस केन्द्रीय विभागहरुमा देहायका उपप्रमुख,सचिव, सदस्यहरु मनोनयन गरेका छन ।

कांग्रेसमा ४७ विभागमध्ये यसअघि २० विभागका प्रमुख तोकिएका थिए। पहिले संयोजकमात्रै तोकिएका विभागमा अहिले उपप्रमुख, सचिव र सदस्यहरू मनोनित गरिएको हो।

यस्तै विस्तार भएको बिभाग अन्तर्गत लोकतान्त्रिक शैक्षिक परामर्स संघ  (DECAN) को सल्लाहकार तथा न्यु नोवेल ईन्स्टिच्युटका प्रबन्ध निर्देशक नेपाली काँग्रेसका युवा नेता तथा समाजसेवी महेश कुमार कार्की नेपाली कङ्ग्रेस पार्टी, संघीय मामिला तथा प्रदेश समन्वय केन्द्रिय विभागको सदस्यमा नियुक्त भएका छन ।
लामो समय देखि शैक्षिक परामर्श क्षेत्रमा काम गर्दै आएका कार्की रामेछाप जिल्लाबाट नेपाली कांग्रेसको राजनीति तथा सामाजिक कार्यमा पनि उत्तिकै क्रियाशील छन ।
पदम भट्टराईको अध्यक्षतामा गठित शैक्षिक परामर्श क्षेत्रमा काम गर्ने लोकतान्त्रिक व्यवसायीहरुको छाता संस्था लोकतान्त्रिक शैक्षिक परामर्श संघ  (DECAN) को आधिकारिक रुपमा गठन भएसंगै कार्की सल्लाहकार छन । हाल  (DECAN) ले कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा आवद्दता प्राप्त गर्नको लागि पार्टीको आधिकारिक निर्णयको पर्खाईमा रहेको छ।
नजिकिदै गरेको अधिवेशन अगावै पार्टि सभापतिले गरेको यो मनोनितले शुभेच्छुक माझ खुसि र उर्जा थपेको छ।

 


प्रतिक्रिया