नेपाली काँग्रेस रामेछापका युवा नेता विष्णु श्रेष्ठद्धारा प्रदेश प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा




नेपाली काँग्रेस रामेछापका युवा नेता विष्णु श्रेष्ठद्धारा प्रदेश  प्रतिनिधि पदका लागि  उम्मेदवारी घोषणा

नेपाली काँग्रेस रामेछापबाट प्रदेश प्रतिनिधि पदका लागि युवा नेता विष्णु श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने प्रदेश सभा अधिवेशनमा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

नेपाली कांग्रेसको पार्टी संगठन बलियो, शक्तिशाली र आम निर्वाचनमा पहिलो पार्टी बनाउन आफ्नो उम्मेदवारी रहेको श्रेष्ठले बताए ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति सदस्य हुदै नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य सम्म भएका श्रेष्ठ एक कुशल व्यवसायी पनि हुन ।  नेपाल विद्यार्थी संघ रामेछाप काठमाण्डौ सम्पर्क समितिको बाहालवाला अध्यक्ष रहेका नेता श्रेष्ठले पार्टी संगठन बलियो बनाउन र समाजका परिवर्तन गराउन क्रियाशिल रहने भन्दै प्रदेश सभा प्रतिनिधि पदमा आफुलाई यसपटक अघि सारेका छन् ।
निरन्तर रुपमा जिल्ला देखि केन्द्रसम्ममा ने बि संघमा क्रियाशील भएर समाजमा काम गर्दै आएका श्रेष्ठ आफुलाई सबैको सहयोग रहने कुरामा ढुक्क रहेको बताउछन ।

संगठन निर्माण संगै पिछडिएका अनि युवाहरुको माग सम्बोधन गर्ने र सम्पूर्ण युवाहरुलाई एकजुट भएर क्रियाशिल गराउन आफुले भूमिका निर्वाह गर्ने उनको भनाई छ ।


प्रतिक्रिया