प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् । शुक्रबार बिहान ९:५७ बजे देउवा बालुवाटार प्रवेश गरेका हुन् ।
गत मंगलबार प्रधानमन्त्री नियुक्त भए पनि देउवा निजी निवास बूढानिलकण्ठमै बसोबास गर्दै आएका थिए।
देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका थिए ।