नेपाली कांग्रेसले केहि विभागलाई पूर्णता दिएको छ।
सभापति शेरबहादुर देउवाले आइतबार राती विधान २०१७ को धारा २५ (९) बमोजिम केन्द्रीय विभागमा उपप्रमुख, सचिव र सदस्यहरू मनोनित गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेस केन्द्रीय स्थानीय तह समन्वय विभागको सदस्यमामा रामेछापबाट भुवन खड्कालाई पनि मनोनित गरिएको छ ।
सुनापती गाउँपालिका–५ खनियापानी निवासी खड्का कांग्रेस तरुण दलका पूर्व केन्द्रीय सदस्य एवं तरूण दल रामेछापका अध्यक्षकाे रूपमा कार्यभार सम्हालिसकेका नेता हुन् ।
अधिवक्तासमेत रहेका खड्का जिल्लामा सक्रिय, मिजासिला र बाैद्धिक नेताकाे रूपमा चिनिन्छन् ।
उनलाई पार्टीले रामेछापको स्थानीय तहको समन्वय गर्ने जिम्मेवारी दिएको हो ।
संघीय मामिला तथा प्रदेश समन्वय विभागमा महेश कार्कीलाई मनोनित गरिएको छ ।
त्यसैगरि यातायात व्यवसायी समन्वय विभागमा रामेछापबाट रामकृष्ण ढुंगेललाई मनोनित गरिएको छ ।
वित्तीय तथा सहकारी संस्था समन्वय विभागकाे सदस्यमा शम्भु घिमिरेलाई मनोनित गरिएको छ ।
साथै तराई -मधेस समन्वय बिभाग केन्द्रिय सदस्यमा नारायण कार्की मनोनयन भएका छन्