मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै रुष्ट बनेका विपक्षी गठबन्धनको बैठक सुरु भएको छ ।
विपक्षी गठबन्धन पाँच दलका शीर्ष नेता छलफलमा जुटेका छन्। सर्वदलीय बैठक सुरु हुनुअघि उनीहरु छलफलमा जुटेका हुन् ।
नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव, बाबुराम भट्टराईलगायतका नेता छुट्टै छलफलमा जुटेका हुन् ।
बैठकले प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिबाट चालिएको कदमको विषयमा आगामी रणनीति बनाइने नेताहरुले बताएका छन् ।