रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलायो,उपस्थित नभए पक्राउ गर्ने तयारी




रामकुमारी झाँक्रीलाई  प्रहरीले सोधपुछका लागि बोलायो,उपस्थित नभए पक्राउ गर्ने तयारी

अखबारपत्र:काठमाडौँ,माघ २९ । प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले सोधपुछका लागि बोलाए को हो ।

अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई सोधपुछका लागि कार्यालय बोलाएको जानकारी दिए । तर झाँक्रीले आउन अस्वीकार गरेकी छन् ।  प्रतिनिधिसभा सदस्य जस्तो जिम्मेवार व्यक्ति उपस्थित हुनेमा आफू विश्वस्त रहेको उनले बताए । झाँक्री उपस्थित नभएमा पक्राउ गर्ने प्रहरीको तयारी रहेको छ ।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेम संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।

त्यस्तै उनले बुधबार राजधानीमा भएको प्रचण्ड नेपाल समूहको जनसभामा भनेकी थिइन्, ‘संस्थाको कुनै लिंग हुँदैन । त्यो सार्वजनिक हुन्छ । बोल्न पाइन्छ । हामी बोल्न जन्मिएका हौं । प्रधानमन्त्री ओलीको प्यादा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ ।’


प्रतिक्रिया