ओलीको एकदिनको सभाको लागि दरबारमार्गमा हटाइयो डिभाइडर




ओलीको एकदिनको सभाको लागि दरबारमार्गमा हटाइयो डिभाइडर

अखबारपत्र:काठमाडौं, माघ २२ । सरकार पक्षले गर्ने प्रदर्शनको तयारीका लागी नारायणहिटी दरबारमार्ग क्षेत्रका सडकमा रहेको फलामको डिभाइडर हटाइएको छ ।
बिहीबार बिहान काठमाडौं महानगरपालिका र दरबारमार्ग विकास बोर्डले सो डिभाइडर हटाएको हो ।
प्रदर्शन तथा सभा गर्नेक्रममा भीडभाडमा असहजता नहोस् भनेर डिभाइडर हटाइएको बोर्डका एक कर्मचारीले बताए । तीन सय मिटर लामो सो डिभाइडर पुन: राख्न मिल्ने खालको भएको र कार्यक्रमपछि ती डिभाइडर फेरि हालिने उनले बताए ।
दरबारमार्ग क्षेत्रमा व्यापारीहरुले उक्त क्षेत्रमा सभा नर्गन महानगरपालिकालाई आग्रह गरेका थिए । तर प्रधानमन्त्री ओली पक्षले सभा गर्ने भएपछि व्यापार व्यवसाय बन्द हुने भएको छ । नेपालको प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेको व्यक्तिले आफ्नो पार्टीको सभा त्यो पनि दरबारमार्गमा डिभाइडर हटाउन लगाएर गर्दै छन त्यो भन्दा चिन्ताकोे विषय अरु के हुन सक्ला र देश कतातिर जादै छ यहिबाट आँकलन गर्न सकिन्छ एक व्यापारीले भने ।
यता ओली समूहका नेताहरुले भने प्रधानमन्त्री ओलीले भोलिको प्रदर्शनमा सरप्राइज दिने तयारी गरिरहेको बताएका छन्। कस्तो सरप्राइज भन्नेबारे उनले केही खुलाएका छैनन्। प्रचण्ड नेपाल समूहले भने नारायणहिटीबाहिरबाट ओलीले हिन्दुराष्ट्रको कार्ड खेल्न सक्ने दाबी गरिरहेका छन्।

भोलि केशरमहल, नागपोखरी र तीनधाराबाट नारायणहिटी आउने सडक अवरुद्ध हुनेछ। महानगरको स्मार्ट पार्किङसमेत भोलिको लागि बन्द हुनेछ। प्रदर्शनकै लागि भनेर मधेसका साथै अन्य जिल्लाबाट हजारौंको संख्यामा मानिसहरुलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ।


प्रतिक्रिया