प्रचण्ड-नेपाल समूहले माघ २८ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने




प्रचण्ड-नेपाल समूहले माघ २८ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने

अखबारपत्र:काठमाडौं, माघ १५। प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको आन्दोललाई अझै सशक्त बनाउने निर्णय गरेको छ।

माघ २८ गते काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने  तय भएको सभालाई हालसम्मकै ठूलो बनाउन कार्ययोजना भएको छ । नेकपा केन्द्रीय संघर्ष समितिको सचिवालयको आज बसेको बैठकले प्रतिगमनका विरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको उल्लेख गर्दै यसलाई अझ उचाइमा पुर्याउनेमा जोड दिएको हो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय पुषपकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आन्दोलनम र माधवकुमार नेपालले आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिंदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले  जनपरिचालन गर्नुको विकल्प नरहेको स्पष्ट पारे । आफूहरूसँग केन्द्रीय कमिटीको दुई तिहाई रहेको र निर्वाचन आयोगले पनि त्यही उल्लेख गरेकाले कुनै दुविधाविना लाग्नुपर्ने बताए ।

अध्यक्षद्वयले संविधान भत्काएर केपी ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको त्यही रूपमा प्रतिवाद गर्न तयार रहन कार्यकर्ता पंक्तिलाई निर्देशन दिए । बैठकले यही माघ २८ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउनेबारे कार्ययोजना बनाएको छ ।

संघर्ष समितिले माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक पनि गरेको छ । १३ गते काठमाडौँमा सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिने दाहाल–नेपाल समूहको कार्यक्रम छ । यस्तै १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली गर्ने, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने भएको हो ।


प्रतिक्रिया