अखबारपत्र:काठमाडौँ, माघ १४ ।रामेछापको सुनापति गाउँपालिका, वडा नं ५ खनियापानी भिरकोटका नेकपाका ५० भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
राजधानी स्थित धुम्बराही स्मार्ट पार्टी प्यालेसमा पार्टी प्रवेशको एक भव्य कार्यक्रमको आयोजना गरी उनीहरु कांग्रेसमा प्रवेश गरेको सुनापति गाउँपालिका -५ का ने.का इकाइ सभापति जनक खड्काले अखबारपत्रलाई जानकारी दिए ।
आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काग्रेसका नेता अर्जुन अर्जुननरसिंह केसीले नवप्रवेशी नेता कार्यकर्तालाइ पार्टीमा नेकपा-रामेछापका जिल्ला कार्यसमिति सदस्यसहित ५३ जना कांग्रेसमा स्वागत गरेका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेस रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खडका, महाधिवेशन प्रतिनिधिहरु भरत चौलागाई, अर्जुन कुमार केसी, विनिता खडका, जितेन्द्र मोक्तान, प्रदेस सभा (ख )का उम्मेद्वार जित बहादुर थापामगर, कांग्रेस केन्द्रीय स्थानीय तह समन्वय विभागका सदस्य भुवन कुमार खड्का,रामेछाप काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष राजनाराण श्रेष्ठ, तरुण दल जिल्ला कार्य समिति सदस्य प्रभुनारायण खड्का लगायतको उपस्थिति रहेको थियो।
रामेछाप-काठमाडौं सम्पर्क समितिकी सदस्य तथा कांग्रेसकी नेतृ रनिला श्रेष्ठ र सन्तकाजी श्रेष्ठ (सागर) को पहलमा पार्टि प्रवेश गरेका हुन । उक्त पार्टी प्रवेश कार्यक्रमको संचालन सुनापति-५ खनियापानीका कोषाध्यक्ष रुपक खडकाले गरेका थिए ।
पार्टी प्रवेश गर्नेहरु- के.डी श्रेष्ठ, युवराज श्रेष्ठ,सागर श्रेष्ठ, कर्ण, सुगम, भक्त श्रेष्ठ, डम्बर श्रेष्ठ, सोम बहादुर श्रेष्ठ,तिलक श्रेष्ठ, राजकुमार मानन्धर, दिर्घ श्रेष्ठ, गोेपाल श्रेष्ठ, ढकल श्रेष्ठ, ढोकराज श्रेष्ठ, , लक्की मानन्धर, राज श्रेष्ठ,ज्ञान बहादुर श्रेष्ठ, सन्देश क्षेष्ठ, सुशल श्रेष्ठ, युनिक श्रेष्ठ,प्रदिप, राम, लक्ष्मण, सुजन, राजकुमार, कुमार, रविन, मंगल, राजन, मिलन, सोम, एकराज, पूर्ण श्रेष्ठ,एक बहादुर, पूण श्रेष्ठ, एक बहादुर, गोपीलाल श्रेष्ठ, पृथ्वी, विन्देश्वर श्रेष्ठ, प्रवल, बल श्रेष्ठ , प्रशान्त तमांग, राजु, दुर्गा श्रेष्ठ, अविक खपांगी मगर, आयुषा जर्गा मगर, सुरेश श्रेष्ठ, प्रवेश मानन्धर, सारदा मानन्धर, रविन, रमेश, अमित एकराज श्रेष्ठ लगायतका छन ।