“प्रतिपक्ष गतिलो भएन, संवैधानिक आयोगमा विपक्षी नचाहिने अध्यादेश ल्याउदा पनि पदको लागि बार्गेनिङ गरिरह्यो”- मन्जु यादव




“प्रतिपक्ष गतिलो भएन, संवैधानिक आयोगमा विपक्षी नचाहिने अध्यादेश ल्याउदा पनि पदको लागि बार्गेनिङ गरिरह्यो”- मन्जु यादव

अखबारपत्र:काठमाडौँ, पुस २२।तराई मघेशको प्रख्यात अनलाईन पोर्टल न्युजब्यूरोको सहकार्यमा युथ एड्भोकेसि नेपालले देशको आर्थिक सामाजिक सांस्कृतिक तथा राजनीतिक रुपान्तरणमा युवाको भूमिका र सहभागितालाई सुनिश्चितता गराउने हेतुले कार्यक्रम “परिसंवाद” सुरु गरेको छ ।
अङ्ग्रेजी नयाँ बर्षको दिनबाट सुरु गरिएको कार्यक्रम “परिसंवाद” युथ एड्भोकेसि नेपालका अभियान संयोजक दिवाकर उप्रेतिले गरेका थिए । कार्यक्रमको उद्देश्य अनुरुप मानव अधिकार, लोकतन्त्र, दिगो विकास, वातावरण संकट, शिक्षा, स्वास्थ्य लगायतका मुद्दामा विभिन्न क्षेत्रका आगन्तुकको अतिथ्यतामा गर्ने भएको छ ।

परिसंवादको प्रथम श्रृंखलामा प्रदेश २, प्रदेश सभा सदस्य मन्जु यादवसंग अन्तरवार्ता लिइएको थियो । जसमा यादवले वर्तमान अवस्थामा नेकपा विभाजन तथा संसद विगठनलाई दर्साउदै सम्मानिय प्रधानमन्त्री केपि ओलिको यो कदम आत्मघाती तथा संविधानमाथि कै कु रहेको बारे बताउनुभयो । उनले थपिन नेकपा एउटा छ फरक यति हो कि प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव ल्याउन आटेको थाहाँ पाउदै संसद विगठन गर्नु भयो जुन कदम संविधान तह थिएन । यादवले थपिन पार्टीको राजनितिले जनताको अभिमतको व्यवस्ता गरेको छ भने यस्तै रहे प्रधानमन्त्रीले गफ कै भरमा चुनाव भएको भन्न बेर लगाउनु हुन्न ।

परिसंवादको क्रममा शिक्षा तथा स्वास्थ्यको मामिलामा यादवले भन्निन् “व्यापक राजनितिकरणले गर्दा यो दुबै क्षेत्र संकटमा जादै छ । राजनीति पनि सकारात्मक ढङ्गले गरिएको छैन् । बालबालिका पढ्ने बिध्यालयमा बजेट खर्च गरे भनेर स्थानीय जनप्रतिनिधि भन्छन् जुन आजको आवश्यकता होईन । आजको आवश्यकता त हामिले कत्तिको गुणस्तर शिक्षा प्रधान गर्न सक्यौं कस्तो शिक्षालाई प्राथमिकता दियौँ र कत्तिको योग्य र क्षमतावान बिधार्थी निकाल्न सक्यौं भन्ने हुनुपर्ने ।” यादव भन्छिन् “निजि विधालयले प्रदान गर्ने भन्दा झन राम्रो हुनु पर्नेमा बजेटको व्यवस्था मिलाउन पार्टीको समिति बनाएर थप ध्वस्त बनाइएको छ ।”

प्रश्नः कै क्रममा उनले भनिने प्रदेश सरकारले गरेको स्वास्थ्य व्यवस्थापन बजेटको दुरुपयोग हो । जनता महामारीको भयमा रहदा पनि समाज विकास मन्त्रि र उनका निकट बजेटमा छलकपट गर्न लागिपरेको बारे आम जनतालाई थाहाँ रहेको बताइन् । उनले आगामी दिनमा आफु प्रदेश सरकारले गरेको गलत कार्य बारे जोड स्वरले सदनमा बोल्ने र युवालाई पनि सुशासन कायम गर्न आ-आफ्नो स्तरबाट पैरवि गर्न समेत आव्हान गरिन् । अन्तिममा यादवले सरकारले संवैधानिक आयोगमा प्रतिपक्ष नै नचाहिने गरि अध्यादेश ल्याउँदा पनि काङ्ग्रेसले संवैधानिक आयोग नियुक्त गराउने कार्य देश र जनताको लागि घातक रहेको बताइन् ।

उनि नेकपा- प्रचण्ड/नेपाल पक्षमा छिन् ।


प्रतिक्रिया