अखबारपत्र:काठमाडौँ, पुस २०। प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूप्रति दिनदिनै आक्रामक अभिव्यक्ति दिन थालेका छन्।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड-नेपाल समूहप्रति आक्रामक सम्बोधन गरेका थिए।
ओलीले राजनीतिक सहयोद्धा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल लगायतलाई सहिद भएको भए श्रद्धाञ्जली दिनुहुन्थ्यो भन्दै कटाक्ष गरेका छन्।
पुस ५ गतेयता नेकपामा ओली समूह र दाहाल–नेपाल समूहले छुट्टाछुट्टै कार्यक्रम गरिरहेका छन्। दाहाल–नेपाल समूहले ओलीले प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई प्रतिगमनतर्फ धकेलेको, ओली गणतन्त्र र संघीयताविरोधी भएको आरोप लगाएपछि जवाफ दिने क्रममा उनले आक्रामक अभिव्यक्ति दिन थालेका हुन्।
प्रचण्ड-नेपाल पक्षले उडाउने धुलोलाई आफूले सफा गर्नुपर्ने बताए। ‘तपाईंहरुले दुर्गन्ध फैलाउनुहुन्छ, हामीले अत्तर छर्किनुपर्छ। तपाईंहरुले अनेक फोहर मैलाहरुको डंगुर फैलाउनुहुन्छ। छर्किनुहुन्छ। हामीले त्यसलाई सफा गर्नुपर्छ’,