नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै




नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

अखबारपत्र:काठमाडौँ, पुस १९।प्रमुख प्रतिपक्षी दल  नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ। बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि यस सन्दर्भमा पार्टीको धारणा तय गर्नुका साथै सरकारको उक्त कदमविरुद्ध रणनीति बनाउन आज बैठक बस्न लागेको हो ।

सभापति शेरबहादुर देउवाले हाल यो विषय सर्वोच्चमा विचाराधीन अवस्थामा रहेकोले तत्काललाई आन्दोलनमा जान नहुने बताउँदै आएका छन्। यता पौडेलपक्षले भने अदालतलाई दबाव दिन भने पनि सडक तताउनुपर्ने पक्षमा जोड दिँदै आएको छ।

आजको बैठकमा नेताहरुले आफ्नो धारणा राख्नेक्रम जारी रहनेछ । यसअघि १५ केन्द्रीय सदस्यले आआफ्नो धारणा राखिसकेका छन् ।

आज वरिष्ठ नेता रामचन्द्र पक्षले सडक संघर्षमा जानुपर्ने यसैबारेमा बैठकमा जोड दिइने पौडेल पक्षको तयारी छ।


प्रतिक्रिया