नेपाली काँग्रेस वी.पी.द्धारा ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा अन्तर संवाद कार्यक्रम सम्पन्न




नेपाली काँग्रेस वी.पी.द्धारा ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा अन्तर संवाद कार्यक्रम सम्पन्न

अखबारपत्र:काठमाडौं, पुस १७। ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस वी.पी द्धारा वर्तमान राजनैतिक समस्या र समाधान विषयक अन्तर संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा पार्टीको तर्फबाट केन्द्रिय सदस्य जगन्नाथ घिमिरेद्वारा कार्यपत्र प्रस्तुत गरेका थिए भने  विभिन्न राजनैतिक दल संघ सस्थाका प्रतिनिधिहरुको सहभागीता रहेकोे थियो ।

उक्त कार्यक्रममा पार्टी सभापति हरिबोल भट्टराई, उप-सभापति तथा पुर्व मन्त्रि झलकनाथ वाग्ले, महामन्त्री तथा पुर्व मन्त्रि सुशीलमान सेरचन र महामन्त्री पुष्पराज पराजुली सह-महामन्त्री तथा प्रवक्ता देवेन्द्र प्रकाश पौडेलको उपस्थिति रहेको थियो ।  जसपाका कार्यकारिणी सदस्य वृृषेशचन्द्र लाल, राप्रपाका नेता पुर्व मन्त्रि जगत गौचन, विवेकशिल साझाका केन्द्रिय सदस्य निर्देश सिलवाल, नेपाल नागरिक अभियानका डा. ठाकुर मोहन श्रेष्ठ, नेकपा मालेका नेता पुर्व मन्त्रि डम्बर बहादुर श्रेष्ठ, नागरिक अभियान्ताहरुले कार्यपत्र माथि र वी पी को मेलमिलापको चर्चा गरेका थिए ।

४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा अन्तर संवाद कार्यक्रम 

पार्टीले प्रस्तुत गरेको कार्यपत्र
राष्ट्रिय मेलमिलापको सम्बन्धमा नेपाली काँग्रेस (वी.पी.) को बिचार !
जब जब देशको अस्तित्वको संकट उत्पन्न हुन आउछ , अधिनायकवादी काला बादलहरु मडारिन्छ्न्, राष्ट्रियता र प्रजातन्त्रको रक्षार्थ देश भक्त, राष्ट्र प्रेमी प्रजातन्त्रवादी योद्दा चट्टान बनेर उभिन्छ |
२०१७ साल पौष १ गते शिशु प्रजातन्त्रको अपदस्त गरि नेपालको इतिहासकै प्रथम जन निर्वाचित प्रधानमन्त्रीलाइ घोर अपमान जनक तरिकाले गिरफ्तार गरी आठ बर्ष बन्दि तथा आठ बर्ष प्रवासमा बस्न बाध्य बनाइन्छ, तर राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि जीवन सर्मपण गरेको सो योद्दाकहिले थकेन् , गलेनन पनि |
समाजवादी आन्दोलनका विश्व नेता बनिसकेकाको महान व्यक्तित्व वी.पी. कोइराला विश्व राजनीतिक घटना क्रमलाई सुक्ष्म रुपमा अध्ययन गर्दछन् , दक्षिण एसिया र मध्ये पूर्वमा दन्किरहेको तनावपूर्ण राजनैतिक आगोलाई गहिरिएर नियाल्छ |
निरंकुस सरकार संकटको दलदलमा फस्दै जान्छ र राष्ट्रिय अस्तित्व नै समाप्त हुने देखिन्छ, तशर्थ :संकटको मुल कारण “राष्ट्रियता” को अभाबमा नेपाललाई अन्तराष्ट्रिय षडयन्त्रको अखडा बनाउन दिन हुन्न भन्ने वी.पी. कोइरालाको सोच रहेको, एबं राष्ट्रिय एकता अपरिहार्य छ र एकले अर्कोलाइ निषेध गरेर राष्ट्रिय एकता हुदैन, यस्तो परिस्थितिमा राष्ट्रियताकै हत्या हुन्छ भन्ने मान्यताका साथ् “राष्ट्रियताको सवालमा “राजा संग मेरो घाटी जोडिएको छ” भन्दै महान प्रजातान्त्रिक योद्दा जन नायक बिशेश्वर प्रसाद कोइराला २०३३ साल पौष १६ गते “राष्ट्रिय मेलमिलापको नीति” अबलम्बन गरेर आफ्नो सहयोगी साथ् आठ बर्ष निर्वासन अन्त गरेर स्वदेश फिर्ता भए | धेरै सुभाचिन्तकहरुले मृत्युदण्ड हुन सक्ने सम्भाबना दर्शाउदै नेपाल नजान आग्रह गर्दा पनि “हामी माथिको सम्भावित ब्यक्त्तिगत खतरा राष्ट्रको अस्तित्वको खतराको सामू नगन्य हो” भन्दै आफुलाई देशका लागि समर्पण गर्नु हुन्छ |
स्वदेश फिर्ता भए पछी : देशवासीको नाममा अपिल जारी गर्दै राष्ट्रिय एकता प्रजातन्त्रको जगेर्नाबाट मात्र खडा हुन सक्छ र प्रजातन्त्रको जग देशको उत्तरोत्तर आर्थिक बिकास र न्यायपूर्ण आर्थिक ब्यबस्थामा मात्र बलियो हुन सक्दछ,
तशर्थ : हाम्रो दृष्ट्रिमा राष्ट्रियता, प्रजातन्त्र र बिकास उन्नति एक अर्कामा आधारित तत्व हुन भन्ने युग द्रष्टा जननायक वी.पी.कोइरालालाई आजका मितिमा सम्झिदा नेपाली काँग्रेस (वी.पी.) का तमाम नेता कार्यकर्ता तथा
शुभाचिन्तकहरू गौरवान्वित् छौ र नतमस्तक हुदैँ वहा प्रति भाबपूर्ण सम्मान प्रकट गर्दछ |
बर्तमान राष्ट्रिय परिस्थिति :
हाम्रो मुलुक अहिले इतिहासकै कठिनमोडमा उभिएकोछ, शिक्षा र स्वास्थ्यलाई व्यापारीकरण गरी निमुखा जनताको पहुच भन्दा टाढा पारिएकोछ, भ्रष्टाचार व्यापक रुपमा मौलाएको छ, देशको अर्थतन्त्र ध्वस्त पारि व्यापार घाटा चुलिएको छ, रोजगारीको शुन्यता महसुस हुन गएकोछ, अपराध बढ्दो छ, सुरक्षा संयन्त्र अकर्मण्य छ, साथै कुशाशनले वदनाम भएको लगभग दुई तिहाईको सरकार राष्ट्रिय मुद्दा त्यागेर, कोभिड-१९ जस्तो महामारीमा गैर-जिम्मेवार बन्दै आफ्नो आन्तरिक दलीय कलहमा लामो समय सम्म रुमल्लिए र अन्तत पांच वर्ष म्यान्डेट पाएर पनि राज्य संचालन गर्न असक्षम भएर प्रतिनिधिसभा विघटन गरि मध्याबती निर्वाचनको घोषणा गरिएको छ |
तशर्थ हाम्रो पार्टीको ठहरमा समग्र समस्याको जड बिदेशी शक्तिको योजनामा शुरु भएको कथित जनयुद्ध, १२ बुदे सहमतिको आधारमा निर्मित वर्तमान संविधानमा ब्यबस्था भएका महँगो संघीयता, गणतन्त्र, र धर्म निरपेक्षता नै मुल कारण हो |
तथाकथित वी.पी. को आदर्श तथा सिद्दान्तको झण्डा बोकेका नेपाली काँग्रेस प्रमुख प्रतिपक्षले नेपाली जनताका बिश्वास भरोसाको बिरुद्दमा नेकपा सरकारको साक्षी किनारामा ल्याप्चे ठोक्ने काम बाहेक केहि गरेन् साथै नेकपा
सरकारका हरेक भ्रष्टाचारमा, हरेक कुशाशनमा हिस्सेदार बन्दै आयो जसको उदाहरण बर्तमान संबैधानिक परिषद्को बैठक द्वारा भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्त लगायत १३ जनालाई संबैधानिक पदमा नियुक्ति नेपाली काँग्रेसको सिफारिसमा भएकोले प्रमाणित गर्दछ |
आज नेपाली जनताको समर्थन लिई झण्डै दुई तिहाईको नेकपा सरकारका विभिन्न घटनाहरुले पुष्टि गरिसकेको छ कि २०७२ सालको लोक्त्रान्त्रिक-गणतन्त्र संविधान ५ वर्ष पुग्दा नपुग्दै असफल भै सकेको छ |
अबको बाटो / आगामी योजना
देशको यस्तो विषम परिस्थितिमा जननायक वी पी कोइरालाले अवलम्बन गरेको राष्ट्रिय मेलमिलाप र राष्ट्रिय एकता प्रवल भैरहेको समयमा आजको यो ऐतिहासिक घडीमा युग द्रष्टा वी. पी. कोइरालाको नीतिमा अघि बढ्नुको विकल्प छैन |
तशर्थ : नेपाली काँग्रेस, बाम, नागरिक समाज, राजाका प्रतिनिधिहरु सम्मिलित सन्त नेता कृष्ण प्रसाद भट्टराई ज्युको नेतृत्वमा बनेको २०४७ सालको संविधानलाई आवश्यक संसोधन सहित पुनःस्थापना गर्नुको विकल्प नरहेको हाम्रो पार्टीको ठहर गर्दछ |
अन्तमा :
देशमा मडारिरहेको यस्तो असामान्य परिस्थितिमा राजनेता विपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गर्दै राष्ट्रवादी शक्तिहरु, अभियान्ताहरु, प्रजातान्त्रिक समुहहरु, राष्ट्रवादी आन्दोलन संचालकहरु, दलहरु एक ठाउँमा आउनुको विकल्प छैन, नेतृत्वको होडवाजी र संकिर्ण सोचले कहि पुगीदैन |
राष्ट्रियताको नाममा २०१७ साल पुषको कदम होस् या कथित लोकतन्त्रको नाममा २०६२/२०६३ पछीको आज सम्मको कार्य होस् अन्तत राष्ट्रका लागि ठुलो दुर्घटना हो भन्ने प्रमाणित भैसकेको हुनाले प्रजातान्त्रिक आन्दोलनलाई स-सक्तपार्दै संवैधानिक राजासंस्था तथा धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र पुन:स्थापनाको विकल्प छैन् |


प्रतिक्रिया