अदालतको जुनसुकै निर्णयलाई पनि काँग्रेसले मान्न तयार छ : सभापति देउवा




अदालतको जुनसुकै निर्णयलाई पनि काँग्रेसले मान्न तयार छ : सभापति देउवा

अखबारपत्र:काठमाडौँ, पुस १३।प्रमुख प्रतिपक्षी दल  काँग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटन गर्ने सरकारको कदमविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै  अदालतको जुनसुकै निर्णयलाई पनि काँग्रेसले मान्नुका साथै कुनै पनि पक्ष वा विपक्षमा नबोल्ने बताएका छन् ।

भक्तपुरमा काँग्रेसद्वारा आयोजित विरोधसभालाई सम्बोधन गर्दै देउवाले भने, ‘हामीले अदालतलाई सबैभन्दा स्वतन्त्र निकाय मानेका छौं । सरकारले र संसदले बदमासी गर्न गर्ला भनेरै अदालत राखिएको हो ।  अदालत स्वतन्त्र निकाय भएकाले त्यहाँबाट पक्ष विपक्षमा जस्तो निर्णय आएपनि काँग्रेसले स्वीकार गर्ने उनले बताए । ‘अदालतलाई तर्साउने र धम्क्याउने बानी र चलन हाम्रो छैन । काँग्रेस अदालतको निर्णय मान्ने पार्टी हो’अन्तिम ठाउँ भनेको न्यायालय हो । न्यायालयको जस्तो निर्णय हुन्छ, चाहे पक्षमा होस् या विपक्षमा अदालनको निर्णय मान्छौ ।’

उनले पार्टीले अदालतलाई कुनैपनि किसिमको धम्क्याउने र तर्साउने काम पार्टीले नगर्ने पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीको कदमको विरोधमा आयोजित सभामा देउवाले पटकपटक अदालतमा विचाराधीन मुद्दामा यस्तै हुनुपर्छ भनेर पार्टीका कुनै पनि नेताले भन्न नहुने बताए । त्यसो गर्नु भनेको अदालतलाई धम्क्याएको हुने उनको भनाइ थियो । अदालतलाई धम्क्याएर र तर्साएर निर्णय नगराउने उनको भनाइ थियो । उनले पञ्चायतकालमा पनि अदालतबाट न्याय पाइएको स्मरण गर्दै अहिलेको अदालतले पनि स्वविवेकीय निर्णय लिने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विषयमा देउवाले भने, ‘अहिले हामी अदालतको स्वविवेक निर्णय हामी पर्खिन्छौं ।’


प्रतिक्रिया