अखबारपत्र:काठमाडौँ, पुस १३। प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले आज (सोमबार) देशभर प्रदर्शन गर्दैछ ।
संसद विघटनको विरोधमा एक सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गरिने कांग्रेसले जनाएको छ । संसद विघटन भएपछि कांग्रेसले विरोध गर्दै आएपनि पार्टी सभापति शेरबहादुर देउवाले भने संसद विघटनाको समर्थन गर्दै आएको चर्चा छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि कांग्रेस आन्दोलनमा छ । आन्दोलनकै चरणमा कांग्रेसले मुलुकभर विरोध प्रदर्शन गर्न लागेको हो । विरोध प्रदर्शनका लागि कांग्रेस सांसदहरु आआफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन् ।
एउटा मात्रै निर्वाचन क्षेत्र भएको जिल्लाहरुमा भने सदरमुकाम केन्द्रीय विरोध प्रदर्शन हुने भएको छ । अरु जिल्लामा भने हरेक निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ ।