अखबारपत्र:काठमाडौँ, पुस ११ । रामेछापका युवा नेता तथा लोकतान्त्रिक शैक्षिक परामर्स संघ (DECAN) को सल्लाहकार नेपाली काँग्रेसका युवा नेता, समाजसेवी महेश कुमार कार्की नेपाली कङ्ग्रेस पार्टी, संघीय मामिला तथा प्रदेश समन्वय केन्द्रिय विभागको सदस्यमा मनोनित भएका छन ।
लामो समय देखि शैक्षिक परामर्श क्षेत्रमा काम गर्दै आएका कार्की रामेछाप जिल्लाबाट नेपाली कांग्रेसको राजनीति तथा सामाजिक कार्यमा पनि उत्तिकै क्रियाशील छन ।
पदम भट्टराईको अध्यक्षतामा गठित शैक्षिक परामर्श क्षेत्रमा काम गर्ने लोकतान्त्रिक व्यवसायीहरुको छाता संस्था लोकतान्त्रिक शैक्षिक परामर्श संघ (DECAN) को आधिकारिक रुपमा गठन भएसंगै कार्की सल्लाहकार छन । हाल (DECAN) ले कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा आवद्दता प्राप्त गर्नको लागि पार्टीको आधिकारिक निर्णयको पर्खाईमा रहेको छ।
नजिकिदै गरेको अधिवेशन अगावै पार्टि सभापतिले गरेको यो मनोनितले शुभेच्छुक माझ खुसि र उर्जा थपेको छ।