अखबारपत्र,काठमाडौँ,पौष ९| नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजनको रेखा कोरिएसँगै नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीको सक्रियता बढेको छ ।
राजदूत याङ्छीले बिहीबार बिहान प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् । प्रचण्डलाई भेट्न याङ्छी बिहीबार बिहान प्रचण्डको निवास खुमलटार पुगेकी थिइन् । सो क्रममा अध्यक्ष प्रचण्ड र राजदूत याङ्छीबीच आधा घण्टा कुराकानी भएको बुझिएको छ ।
त्यसक्रममा राजदूत याङ्छीले प्रचण्डसँग विकसित राजनीतिक घट्नाक्रमका बारेमा चासो राखेकी थिइन् । यसअघि पनि नेकपमा विवाद बढ्दा याङ्छीले नेताहरुलाई भेटेर पार्टी विभाजन रोक्न आग्रह गर्दै आएकी थिइन् ।
राजदूत याङछीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा गत आइतबार संसद विघटन गरेपछि मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेकी थिइन् । मंगलबार साँझ राजदूत याङ्छी र राष्ट्रपति भण्डारीबीच एक घण्टा कुराकानी भएको थियो ।