नेकपा रामेछापबाट चार जना केन्द्रीय महाधिवेशन आयोजक समितिमा चयन




नेकपा रामेछापबाट चार जना केन्द्रीय महाधिवेशन आयोजक समितिमा चयन

अखबारपत्र:काठमाडौँ,पौष ८| नेकपा रामेछापबाट चार जना केन्द्रीय महाधिवेशन आयोजक समितिमा चयन भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली समुहले पुर्नगठन गरेको महाधिवेशन केन्द्रीय आयोजक सदस्यमा रामेछापबाट चार जना चयन भएका हुन ।

चयन हुनेमा रामेछापबाट नेकपाका प्रदेश कमिटीका सदस्य तुला प्रसाद कँडेल,खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ, मन्थली नगरपालिकाका उपप्रमुख माया कार्की, अर्का नेता भुवन घिमिरे छन ।

चारै जना नेता बुधवार बागमती प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी हुनुकासाथै सबैले सपथग्रहण समेत गरिसकेका छन् । रामेछापबाट अझै पनि ओली समुहबाट केन्द्रीय सदस्य थपिने सम्भावना रहेको बताइएको छ । ओली समुहले आजबाट सातै वटै प्रदेशमा भेलाको कार्यक्रम सञ्चालन गरेको छ ।

यसैगरी नेकपाका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री कमल चौलागाई अध्यक्ष केपी शर्मा ओली समुहमा लागेका छन् ।


प्रतिक्रिया