नारायणकाजी श्रेष्ठ भन्छन “म कुनै व्यक्ति र गुटको प्रवक्ता होइन, नेकपाको हुँ!”




नारायणकाजी श्रेष्ठ भन्छन “म कुनै व्यक्ति र गुटको प्रवक्ता होइन, नेकपाको हुँ!”

अखबारपत्र,काठमाडौँ,पौष ७| पत्रकारले तपाईलाई प्रवक्ताबाट हटाएको रहेछ नि भन्ने प्रश्नको जवाफ दिँदै उनले आफूनै आधिकारिक प्रवक्ता भएको बताएका हुन्।

श्रेष्ठले आफू कुनै व्यक्ति र गुटको प्रवक्ता नभएको बताए। ‘म नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रवक्ता हुँ। यो पार्टीको बैठकले यस सन्दर्भमा मलाई थप उत्साहित पार्ने अगाडि बढ्ने निर्देशन दिएको छ’, उनले भने, ‘कुनै तथाकथित गुटको कुनै भेलाको कुनै निर्णयसँग नेकपाको प्रवक्ताको जिम्मेवारीसँग सम्बन्धित छैन।’

मंगलबार बिहान मात्रै बालुवाटारमा बसेको केपी ओली पक्षको बैठकले श्रेष्ठलाई प्रवक्ताबाट हटाउँदै प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिने निर्णय गरेको थियो।


प्रतिक्रिया