अखबारपत्र:काठमाडौँ, पुस ७।नेपाली काङ्ग्रेस (बि.पि)द्धारा सरकार विरुद्ध सडक आन्दोलन गर्ने घोषणा गरेको छ ।
पुस ७ गते पार्टीको २७औ केन्द्रीय समितिको बसेको बैठकले व्रतमान राजनीतिक घटनाक्रमलाई विश्लेषण गरि ०७२ सालको संविधानको खारेजी तथा ०४७ सालको संविधानको संशोधन सहित पुनर्स्थापना गर्ने माग गर्दै सडक आन्दोलन गर्ने निर्णय गरेको हो ।
पार्टीले उखु किसानको आन्दोलनमा एक्यवद्धता दर्साउने,बि.पि को मेलमिलाप को सम्बन्धमा पुष १६ गते विभिन्न राजनीतिक दलसँग अन्तर्कृया गर्ने निर्णय गरेको छ।
आज सम्पन्न केन्द्रीय समिति बैठकले विचारको आधारमा परम्परागत राजसंस्था, प्रजातान्त्रिक एवं जनशक्तिको सहअस्तित्वका आधारमा मात्र मुलुकले सम्पूर्ण रुपले स्थिरता, सशक्ता र समृद्वि प्राप्त हुने ठहर गर्दै समयानुकूल संसोधनसहित २०४७ सालको संविधान पुर्नबहाली गर्न आन्दोलन गर्ने निर्णय गरेको हो ।
बैठकले पुष १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा कार्यक्रमका साथै २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वी जन्यति भव्यताका साथ मनाउने निर्णय गरेको छ ।
नेपाली काङ्ग्रेस (बि.पि)द्धारा जारी गरिएको राजनीतिक प्रतिवेदन
हाम्रो मुलुक नेपाल अहिले इतिहासकै कठिन मोडमा उभिएको छ । आन्तरिक रुपमा जातीय, धार्मिक विभाजन र धर्म रुपान्तरणले व्यापकता पाएको छ । सहिष्णुताको नेपाली समाज बिथोलिएको छ । शिक्षा र स्वास्थइ जस्ता अत्यावश्यक सेवा पूर्णरुपमा व्यापारिककरण भै निमुखा जनताको पहुँच भन्दा टाढा भएको छ ।
भष्ट्राचारमा खुल्ला छुट छ, देशको ढुकुटी रित्तिदै गएको छ । व्यापार घाटा चुलिएको छ, रोजगारी शुन्य छ, अपराध बढ्दो छ । सुरक्षा एव्ं प्रशासनिक संयन्त्र अकर्मण्य छ । झन्डै दुईतिहाई भनिएको सरकार पुर्णरुपमा कुशासनले बदनाम छ । फलत केहि मुठीभर कार्यकर्ता बाहेक आमजनमानसमा आक्रोश व्याप्त छ ।
उग्रराष्ट्रवादको अवशेष र उत्तेजनापुर्ण असन्तुलित र सतही कुटनीतिले छिमेकी र दाता राष्ट्रसँगको सम्बन्ध अविश्वसनिय र अव्यवहारिक हुदाँ शक्तिराष्ट्रहरुको पूर्णत क्रिडास्थल भएको छ । जसको छायाँ सत्तारुढ दल र प्रतिपक्षमा समेत देखा परेको छ । सरकारको यस्तो असफलतामा प्रतिपक्ष दलको भूमिका निष्प्रभावी छ । सांरशमा दलहरु र त्यसका पदाधिकारीहरु पूर्णत निकम्मा सावित भएका छन् भने जनताको आँखामा पूर्णत नग्न हुन् पुगेको छन् ।
यी समग्र समस्याको जड वाह्यशक्तिको योजनामा सुरु भएको कथित जनयुद्व, १२ बुद्धे सहमति र वर्तमान संविधान नै हो । जसको उद्देश्य नेपालीहरुको राष्ट्रिय एकताका आधारहरुलाई क्रमश चुडाउँदै, जातीय र धार्मिक द्वन्द्वको माध्यमबाट अस्थिरता सृजना गरि आफ्नो रणनीतिक स्वार्थ पुरा गर्नु हो । जुन कार्य यहाँका दल र त्यसको नेतृत्ववर्ग सत्ता र आर्थिक स्वार्थमा बिक्री हुनु र कार्यकर्ताहरु तुच्छस्वार्थमा मौन बसेका छन् । अब यो जमातबाट मुलुकले त्राण पाउने कुनै सम्भावना छैन् ।
यस्तो कठिन अवस्थामा दलहरु भित्र वा बाहिर रहेका राष्ट्रवादी शक्तिहरु, अभियान्ताहरु, समुहहरु, अभियानका संचालकहरु वा त्यस्ता कुनै दलहरु निश्वार्थपुर्वक एकै ठाउँमा आउनुको विकल्प छैन । म नै नेतृत्वमा आउनु पर्छ, मेरो विचारमा चल्नु पर्छ जस्ता साना सोचाईले कहिँ पुगिदैन । राष्ट्रियताको नाममा २०१७ पुस १ को कार्य होस् वा कथित लोकतन्त्रको नाममा ०६२–६३ पछिको सबै कार्य होस्, अन्तत राष्ट्रका लागि ठुलो दुर्घटना हो भन्ने प्रमाणित भैसकेको छ ।
त्यसैले सबै पक्षको सहमति र २०४६ सालको जनआन्दोलनको जगमा बनेको २०४७ सालको संविधानलाई आवश्यक संसोधन गरेर अगाडी बढ्नु नै आजको अन्तिम विकल्प हो भने हाम्रो पार्टीको ठहर छ ।
अब हामी सबै श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह र युगद्रष्टा राजनेता बीपी कोइरालाको नीतिमा रहनुको विकल्प छैन । त्यहि परिधिमा रही शक्ति निर्माण गरि व्यापक आन्दोलन गर्दा जनसमर्थन प्राप्त हुने उर्वर भुमि छ , खाँचो हामी भित्र कै एकता हो ।
प्रेस विज्ञप्ति