अखबारपत्र:काठमाडौँ, पुस ५ ।काँग्रेस पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । छातीसम्बन्धी समस्या देखिएपछि उनी राजधानीको हेम्समा अस्पतालमा भर्ना भएका हुन् ।
अस्पताल निकट स्रोतका अनुसार आइतबार भर्ना भएका उनको स्वास्थ्य परीक्षण सुरु गरिएको छ ।
१० दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनमा शुरुमा कुनै लक्षण देखिएको थिएन तर पछिल्लो समय स्वास्थ्यमा समस्या देखिए पछि अस्पतालमा भर्ना गरिएको बताइएको छ ।