“प्रतिनिधिसभा विघटनको सिफारिस असंवैधानिक”: देउवा




“प्रतिनिधिसभा विघटनको सिफारिस असंवैधानिक”: देउवा

अखबारपत्र,काठमाडौं,पुस ५ | नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनको सिफारिश असंवैधानिक रहकेो बताएका छन् ।उनले अधिनायकवादउन्मुख उक्त कदमप्रति गम्भीर असहमति रहेको उल्लेख गर्दै ‘संविधान विपरीतको सिफारिश स्वीकार गर्न राष्ट्रपति बाध्य हुनुपर्ने देखिन्न’ भनी जनाएका छन् ।

सभापति देउवाले उक्त कदमको राजनीतिक प्रतिवादन गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्ने बनाएका छन् ।

आज एक ट्वीट गर्दै उनले सो कुराको जानकारी दिएका हुन् ।


प्रतिक्रिया