सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को अध्यक्षमा उमेश थानी विजयी




सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को अध्यक्षमा उमेश थानी विजयी

अखबारपत्र:काठमाडौं,पुस ५ | नेपाली  कांग्रेस निकट इन्जिनियरहरुको शुभेच्छुक संगठन सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को छैटौं अध्यक्षमा ईन्जिनियर उमेश थानी विजयी निर्वाचित भएका छन ।

नयाँ कार्यसमितिका लागि शनिबार काठमाडौंमा सम्पन्न चुनावमा प्रतिस्पर्धी ध्रुव थापालाई १३३ मतले हराउँदै थानी विजयी भएका हुन्। थानीले १०४२ मत प्राप्त गरे भने थापाले ९०९ मत पाएका छन्।

कोरोना महामारीका कारण १० महिना ढिलो गरी भएको सिडेनको निर्वाचनमा थानी र थापा प्यानलसहित मैदानमा उत्रिएका थिए । अध्यक्षसहित पाँच पदाधिकारी र १३ सदस्यमा थानी र थापा समूहले प्यानल नै खडा गरेका थिए ।

सिडेनको छैटौं कार्य समितिका लागि भएको मतदानमा थानीको प्यानललाई पार्टी सभापति शेरबाहदुर देउवाको तथा थापाको समूहलाई राम्रचन्द्र पौडेलको साथ थियो।

१८ सदस्यीय कार्यसमितिका लागि भएको प्रतिस्पर्धामा २ जनाबाहेक सबै थापा प्यानलबाट विजयी भएका छन्। थापाको प्यानलबाट उपाध्यक्षमा मन्दीप सुवेदी, महासचिवमा रोशनराज गिरी, उपमहासचिवमा सुमन पुडासैनी र कोषाध्यक्षमा श्याम दाहाल विजयी भएका हुन्।

सदस्यमा सौगात रेग्मी, प्रवेश अधिकारी, निरज बराल, सुजित कोइराला, मानबेन्दै निधि, पुरुषेत्तम शर्मा, पुनम पाल, नारायण कुमार घिमिरे, हरिस बोहरा, सुदर्शनकुमार पौडेल, प्रपुजा केसी, सुजन पौडेल र लिलता केसी विजयी भएका छन्।

सिडेनका जम्मा ३ हजार ६ सय २४ मतदातामध्ये २ हजार ८ जनाले मत हालेका थिए।


प्रतिक्रिया