कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार




कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार

अखबारपत्र:काठमाडौं, पुस २ । कोभिड–१९ बाट सङ्क्रमित भई उपचाररत नेपाली कांग्रेसका नेता एवं सङ्घीय सांसद मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । उहाँले आज एक विज्ञप्ति जारी गर्दै ३६ दिनको अस्पताल बसाइ र १६ दिनको घर बसाइपछि स्वास्थ्य अवस्थामा क्रमिक सुधार आए पनि अझै लगातार बोल्न र हिंड्न कठिन रहेको जानकारी गराउनुभएको छ ।

कोभिड–१९ बाट सङ्क्रमित भई स्वास्थ्यमा समस्या आएपछि उहाँ गत कात्तिक ९ गते वीर अस्पताल र ११ गते स्वास्थ्य अवस्था झन जटिल भएपछि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना हुनुभएको थियो । नेता विश्वकर्माले आफ्नो स्वास्थ्य उपचारमा संलग्न, सहयोग र चिन्ता व्यक्त गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, कांग्रेसका नेता कार्यकर्ता, मन्त्री, विभिन्न दलका नेतालगायत शुभेच्छुक सबैमा आभार व्यक्त गर्नुभएको छ ।

साथै सरकारले थप उपचारका लागि गरेको प्रयास र योगदानले आफूलाई भावुक बनाएको उहाँले उल्लेख गर्नुभएको छ ।रासस 


प्रतिक्रिया