ओली र प्रचण्डबीच फेरि छलफल शुरू




ओली र प्रचण्डबीच फेरि छलफल शुरू

अखबारपत्र:काठमाडौं, पुस १ ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि भेटवार्ता सुरु भएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीसँग फेरि छलफल शुरू गरेका हुन।

स्थायी कमिटी बैठकमा केपी शर्मा ओली उपस्थित नभएपछि फेरि अध्यक्षद्वयले विष्णु पौडेललाई राखेर छलफल शुरु गरिएको हो। केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्न २८ गते बसेको बैठकमा भने ओली सहभागी भएका थिए ।

मंसिर २१ गते देखि सुरु भएको स्थायी कमिटीको बैठकमा पार्टीका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सचिवालय बैठकमा पेश गरेको प्रस्ताव माथि छलफल हुने बताइए पनि ठोस रुपमा छलफलमा प्रवेश पाइसकेको छैन।

प्रचण्ड ओलीसँग कुरा गर्न गएपछि स्थायी कमिटीका सदस्यहरू बालुवाटारमा बैठक कुरेर बसेका छन् ।


प्रतिक्रिया