देशभर सरकारविरुद्ध कांग्रेसको शक्ति प्रदर्शन




देशभर सरकारविरुद्ध कांग्रेसको शक्ति प्रदर्शन

अखबारपत्र:काठमाडौँ, मङ्सिर २९।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध cfh सोमबार देशभर प्रदर्शन गरेको छ । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेको हो ।
तनहुँमा नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहारलगायतका घटनाले सर्वसत्तावादको अभ्यासमा सरकार लागेकोले ७७ वटै जिल्लामा प्रदर्शन गरिएकाे छ।

आजको प्रदर्शनका कार्यक्रम शुरु हुनुअघी पूर्व मन्त्री समेत भएका कांग्रेस नेता लक्ष्मण घिमिरेले बरिष्ठ नेता रामचन्द्र पौडेललाई आक्रमण गरेर लामोसमयसम्म सुतेको कांग्रेसलाई जगाइदिएकोमा तनहुँ प्रशासनलाई धन्यवाद दिएका थिए ।

प्रदर्शनमा कांग्रेसले भ्रष्टाचार, बढ्दो बलात्कार र हिंसालगायत जनजीविकाको सवाल उठाएकाे छ।

कांग्रेस नेता कार्यकर्ताहरुले पार्टीको झण्डा सहित व्यापक प्रदर्शन गरेको काठमाडौं कांग्रेसका सभापति सबुँज वानियाँले बताए । उनका अनुसार काठमाडौंमा कांग्रेसको विशाल प्रदर्शन भएको यो धेरैपछि हो । शान्तिवाटीकामा केन्द्रीत भइ काठमाडौं कांग्रेसले प्रदर्शन गरेको हो। प्रदर्शनमा आम नागरिकका अतिरिक्त पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरु सहभागी छन्।

देशमा बढ्दो भ्रष्टाचार, हत्या, हिंसा एवं दमनका घटना बढेपछि कांग्रेसले सरकार विरोधी आन्दोलनको अगुवाई गरेको हो।

 


प्रतिक्रिया