अखबारपत्र :काठमाडौँ, मङ्सिर १७ ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिल्ला प्रहरी कार्यालय तनहुँले ३ घन्टा प्रहरी नियन्त्रणमा राखेर रिहा गरेको छ।
पौडेललाई बुधबार दिउँसो निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न गएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो। पौडेल पक्राउ परेकोमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर तत्काल रिहाइ गर्न भनेका थिए।
ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायत पक्राउ परेका थिए ।
रिहा भएपछि वरिष्ठ नेता पौडेलले भने आफूलाई सुनियोजित ढंगले नै पक्राउ गरिएको र यसको देशैभरि प्रतिकार हुने बताएका छन् ।