कोरोना संक्रमित राप्रपा अध्यक्ष थापा आइसियूमा




कोरोना संक्रमित राप्रपा अध्यक्ष थापा आइसियूमा

अखबारपत्रः काठमाडौं, कात्तिक २ ।कोरोना संक्रमित राप्रपा अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन्।
श्वासप्रश्वासमा समस्या देखिएपछि अध्यक्ष थापालाई ओम अस्पताल भर्ना गरिएको हो। थापालाई शुक्रबार दिउँसो २ बजे ओम अस्पताल भर्ना गरिएको उनीनिकट स्रोतले बतायो।

कोरोना संक्रमण देखिएपछि थापालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि थापालाई ओम अस्पताल लगिएको थियो।

थापाले बिहीबार ह्याम्स अस्पतालमा स्वाब परीक्षण गरेका थिए। शुक्रबार संक्रमण पुष्टि भएपछि उनी घरमै बसिरहेका थिए।

तर, अचानक श्वासप्रश्वासमा समस्या आएपछि थापालाई ओम अस्पताल भर्ना गरिएको केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए।

थापा अहिले ओमको आइसियू कक्षमा उपचाररत छन्।  हाल ज्वरो नियन्त्रणमा आउनुका साथै श्वासप्रश्वासमा देखिएको समस्या छैन

 


प्रतिक्रिया