काठमाडौं,असोज १८ । नेपाली काँग्रेसका ७ केन्द्रीय सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि असोज १९ गते तय भएको केन्द्रीय समिति बैठक २५ गतेसम्मका लागि स्थगित गरिएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा असोज १५ गते गरिएको पिसिआर परिक्षणका क्रममा पार्टीका ७ केन्द्रीय सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमण हुनेहरुमा अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ छन ।
तथा काठमाडौं बाहिर परीक्षण केन्द्रीय सदस्यहरु– रमेश रिजाल र अजयकुमार चौरसियामा कोभिड—१९ पोजिटिभ देखिएको छ। “स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी पार्टीको २०७७ असोज १९ गते अपरान्ह २.०० बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेर असोज २५ गते दिउँसो २.०० बजेका लागि निर्धारित गरिएको” जारी विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले कोभिड—१९ पोजिटिभ देखिएका केन्द्रीय सदस्य, आमन्त्रित सदस्य एवं अन्य सबैको शीघ्र संक्रमण मुक्तिका लागि कामना गरेको छ ।