कांग्रेस नेता गगन थापालाई कोरोना संक्रमण




कांग्रेस नेता गगन थापालाई कोरोना संक्रमण

काठमाडौं, असोज १८। नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापालाई कोरोना भाइरस (कोभिड-19) को संक्रमण पुष्टि भएको छ ।

कांग्रेसले १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि नेताहरुको पीसीआर टेष्ट गर्दा केही नेतालाई संक्रमण पुष्टि भएको हो ।
आफूलाई कोरोना संक्रमण भएको तर स्वास्थ्य अवस्था सामान्य रहेको थापाले बताएका छन् ।

आफू होम आइसोलेसनमा रहेको भन्दै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन र कुनै समस्या आए स्वास्थ्यकर्मीसँग परामर्श लिन आग्रह गरेका छन् ।


प्रतिक्रिया