“आहतमा राहत”-विद्यार्थी र मजदूरलाई खाजा खुवाउँदै नेविसंघ महामन्त्री मनोज वैद्य




“आहतमा राहत”-विद्यार्थी र मजदूरलाई खाजा खुवाउँदै नेविसंघ महामन्त्री मनोज वैद्य

अखबारपत्र
काठमाडौं, भदौ ३१। कोभिड १९ को महामारीले समस्यामा रहेका विद्यार्थी र मजदुरहरूलाई नेविसंघका महामन्त्री मनोज वैद्यको पहलमा खाजा खुवाउने अभियान सोमबारदेखि सुरु भएको छ।
आज तेस्रो दिन पनि चाबहिल मित्रपार्क, नयाँ बसपार्क गोंगबु परिसरका असाहय मजदुरलाई खाजा वितरण गर्ने कार्य गरिएको नेविसंघ नेता रमेश खड्काले बताए ।
कोरोना भाइरसले सिर्जना गरेको महामारीले दैनिक जीविकोपार्जनमा समस्या भोगिरहेका समस्यारत विद्यार्थी र मजदूरहरुलाई खाजा खुवाइएको हो ।
चावहिलस्थित पशुपति क्याम्पस र तिलगंगा प्राङ्गणमा दिउँसो साढे २ बजेदेखि ५ बजेसम्म समस्यामा परेका विद्यार्थी र मजदूरलाई खाजा खुवाउने अभियानको सुरुआत गरिएको हो।

सर्वसाधरणले गरेको आर्थिक तथा चामल-तरकारी, दाल, तेललगायतका सामान र विद्यार्थी नेताहरुको पनि आर्थिक सहयोगबाट अभियान सञ्चालन भएको हो।
खाजा खुवाउन एक जना कुक राखेको अन्यकाम सहयोगमा खटिएका विद्यार्थीले गरिरहेका छन्। यो अभियान कम्तिमा पनि १५-२० दिन सञ्चालन गर्ने र सम्भव भएसम्म अवस्था सामान्य नहुन्जेल निरन्तारका लागि प्रयास गरिनेछ।

 


प्रतिक्रिया