नेविसंघ रा.रा.व एकाईले बुझायो ज्ञापन पत्र




नेविसंघ रा.रा.व एकाईले बुझायो ज्ञापन पत्र

अखबारपत्र

जनकपुरधाम, भदौ २९ ।  जनकपुरधाम स्थित त्रि.विको साहयक र प्रदेश २ को प्रख्यात क्याम्पसले बियस.सिआइटि र वि.वि.यस. दोस्रो बर्षको मिति २०७७ साल भदौ १८ र २१ गते प्रकाशित सुचनाको उपधार २ मा लिखित विधार्थीले सम्पुर्ण शुल्क बुझाई मात्र अनलाईन कक्षा सञ्चालनमा सहभागी भन्ने बिषयमा ने. बि. संघको रा.रा.ब कमिटिले यस कदमलाई बिरोध जनाएका छन् । यसै बिषयलाई मध्यनजर गर्दै रा.रा.ब का बिधार्थी नेता राजेश कर्ण र मनिस यादबले क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

“देश नै कोभिड-१९ मा लडि रहेको बेला यस परिस्थितिमा पनि कलेजले बिधार्थीलाई आर्थिक तनाब बनाएको साथै यस परिस्थितिमा बिधार्थीहरु नेटको पहुँचमा पनि नरहेको” बारे बिधार्थी नेता राजेश कर्णले बताए । कर्णले भने, “खानकालागि पैसा जोहो गर्न नसक्दा भोक भोकै बस्नु परेकोमा थप सुचना निकालि तनाब दिएको जानकारी गराए ।”
क्याम्पस प्रमुखलाई ध्यानाकर्षण गर्दै बिधार्थी नेता मनिस यादबले पनि “यस बिच बिधार्थीलाई मध्यनजर गर्दै क्याम्पसले पत्र सर्कुलर गर्नुको सट्टा बिधार्थीलाई मानसिक तनाव उत्पन्न हुने काम गरेको जनाए” उनका उनुसार यस बिच बिधार्थीको हकमा यस पत्रलाई सम्बोधन नगरे संघर्षमा उत्रिने समेत जानकारी गराएका थिए ।
यस अघि पनि सबै बिधालयलाई शिक्षा मन्त्रालयले सहज रुपमा शुल्क उठाउन अनुमति भने दिएको छ । यदपि बिधार्थीहरु अहिले मार मा परेको ले त्यो अवस्था भने छैन् । करिब ७ जनाको सहभागिता मा रा.रा.बका क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । यसको अगुवा नेता कर्णले गरेका थिए ।


प्रतिक्रिया