कुलमानको कार्यकाल २ वर्ष थप्ने तयारी




कुलमानको कार्यकाल २ वर्ष थप्ने तयारी

अखबारपत्र

काठमाडौं, भदौ २४। कुलमान घिसिङको कार्यकाल थप गर्ने प्रस्ताव बिहीबारको मन्त्रिपरिषद्मा पेश हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ कार्यकाल थपसम्बन्धी प्रस्ताव ऊर्जामन्त्री वर्षमान पुनले बिहीबारको मन्त्रिपरिषद्मा पेश गर्न लागेका हुन्।
स्रोतका अनुसार कुलमानको म्याद थपका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गरिसकेका छन्। कुलमानलाई प्रचण्डले आफ्नो सरकारको पालामा विद्युत प्राधिकरणको जिम्मा दिएका थिए।

प्रचण्डले नै ऊर्जामन्त्री वर्षमान पुनलाई कुलमानको म्याद थपको प्रस्ताव अगाडि बढाउन निर्देशन दिएको स्रोतले बतायो। खुला प्रतिस्पर्धाबाट चार वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख भएका कुलमानको म्याद यही भदौ २९ गते सकिँदैछ।

कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख भएपछि नेपालमा लोडसेडिङ हटेको थियो। त्यस्तै कुलमानले चार वर्षमा उल्लेख्य मात्रामा विद्युत चुहावटमा कमी ल्याएका छन्। घाटामा रहेको विद्युत प्राधिकरण हाल नाफामा छ।

कुलमानलाई हटाउँदा सरकारको छविमा नै असर पर्ने अवस्था भएकाले सरकार पनि निरन्तरता दिने निर्णय गर्नैपर्ने अवस्थामा पुगेको छ ।


प्रतिक्रिया