काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था सामान्य छ । कोरोनाको कुनै लक्षण देखिएको छैन ।
‘आज गरिएको परीक्षणका क्रममा ममा कोरोना संक्रमण पुष्टि भएको छ । हाल मलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएको छैन,’ उनले भने ।
संक्रमण पुष्टि भएसँगै होम आइसोलेसनमै बस्ने कि अस्पतालमा भन्ने ,परामर्श पछि घरमै बस्ने निर्णय भएको उनका सचिवालय सदस्य तथा नीजि सचिव भरत तिवारीले जानकारी दिए।
उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई आवश्यक सजगता अपनाउन अनुरोधसमेत गरेका छन् ।