उपत्यकामा ४२९ जनामा संक्रमण, देशभर थपिए १ हजार २२१ नयाँ संक्रमित




उपत्यकामा ४२९ जनामा संक्रमण, देशभर थपिए १ हजार २२१ नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।जसमा काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा गरिएका १२ हजार ७१७ पीसीआर परीक्षणमध्ये १ हजार २२१ जनाको नतिजा पोजिटिभ आएको हो।
योसँगै देशभर संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ। पछिल्लो २४ घण्टामा २६७ सहित २० हजार ८२२ जना निको भएर घर फर्किएका छन् भने १७ हजार ५ सय १८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

अहिले देशभर संस्थागत आइसोलेसनमा १० हजार ६१२ र होम आइसोलेसनमा ६ हजार ९०६ जना बसेका छन्।

त्यस्तै ७ हजार ७९७ जना क्वारेन्टिनमा छन्।


प्रतिक्रिया