काठमाडौं । कोरोना भाइरस को संक्रमणबाट एकैदिन १३ जिल्लामा २० जनाको मृत्यु भएको पुष्टि भएको छ । पर्सा र महोत्तरीका ३, ३ जना, काठमाडौं, भक्तपुर र ललितपुरका २, २ जना, सिराहा, पाल्पा, कास्की, गोरखा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको पनि मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले भने अपरान्हको नियमित प्रेस ब्रिफिङका क्रममा १२ जनाको मृत्यु भएको भनेको छ । यसमा महोत्तरीका ३, पर्सा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको तथ्यांक जोड्न बाँकी छ ।