नेपालमा कोरोनाबाट ४९ हजारको मृत्यु हुन सक्ने एक अध्ययनको निष्कर्ष




नेपालमा कोरोनाबाट ४९ हजारको मृत्यु हुन सक्ने एक अध्ययनको निष्कर्ष

काठमाडौं : कोरोना भाइरस संक्रमणवाट नेपालमा ४९ हजार भन्दा बढी मानिसको मृत्यु हुने एउटा अध्ययनले देखाएको छ । यूकेएड, अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट र युनिभर्सिटी अफ अक्सफोर्डले गरेको संयुक्त अध्ययनले सन् २०२० को अन्त्यसम्ममा नेपालमा कोरोनाबाट ४९ हजार दुई सय जनाको मृत्यु हुन सक्ने देखाएको हो ।

मोडलिङ अफ कोभिड नाइन्टिन स्ट्राटेजिज इन नेपाल’ नामक उक्त अध्ययन प्रतिवेदनले कोरोना संक्रमितमध्ये ३५ प्रतिशतको मृत्यु हुन सक्ने निष्कर्ष निकालेको छ ।

अध्ययनमा सन् दुई हजार वीसको अन्त्यसम्ममा कूल जनसंख्याको ८१ प्रतिशत भाइरसबाट संक्रमित हुनसक्ने औंल्याएको छ । नेपालमा संक्रमणको वृद्धिदर र यो वर्षको अन्तिमसम्म हुने अवस्थालाई प्रतिवेदनमा तीन फरक फरक सुरक्षात्मक उपायका आधारमा वर्गीकरण गरेर प्रक्षेपण गरिएको छ ।

नेपालले मध्यम किसिमको रणनीति अपनाए मृत्यु हुनेको संख्या ४४ हजारमा सीमित गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । उच्च अवरोधक रणनीति लागू गरेमा त्यो संख्या ३३ हजारमा सीमित पार्न सकिने पनि प्रतिवेदनमा जनाइएको छ ।

मे महिनामा नेपालमा देखिएको संक्रमणको अवस्था अध्ययन गरेर प्रतिवेदन तयार गरिएको हो । प्रोफेसर लिसा ह्वाइट, डा. निकोलस लेक्फोर्ड, डाक्टर सुनील पोखरेल, डाक्टर दिप्ती लता तथा डाक्टर राशिद जमान सहभागी टोलीले अध्ययन प्रतिवेदन तयार गरेको हो ।


प्रतिक्रिया