काठमाण्डाैमा तीन सय ५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जनामा काेराेना सङ्क्रमण पुष्टि




काठमाण्डाैमा तीन सय ५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जनामा काेराेना सङ्क्रमण पुष्टि

२४ घण्टामा काठमाण्डाै उपत्यकामा चार सय १५ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डाैमा तीन सय ५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे ।

त्यस्तै पछिल्लाे २४ घण्टामा उपत्यकासहित देशैभर नाै सय २७ काेराेनाका सङ्क्रमित थपिएका छन् ।

केही दिनयता काठमाण्डौ उपत्यकासहित देशैभर कोरोनाको जोखिम बढिरहेको छ । यही अवस्थालाई ध्यानमा राखी विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन घोषणा गरिएको छ ।

कोरोनाको जोखिम बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको अवधि थप गरिएको छ । गएकाे बुधबार रातिसम्म लागू गरिएको निषेधाज्ञाको अवधि एक हप्ताले बढाइएको हो ।


प्रतिक्रिया