एकैदिनमा ११११ संक्रमित थपिए मृत्यु हुनेको संख्या ९




एकैदिनमा ११११ संक्रमित थपिए मृत्यु  हुनेको संख्या ९

कोरोना भाइरसको संक्रमणबाट गर्भवतीसहित ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौं, ललितपुर, बारा, कास्की, रुपन्देही, कपिलवस्तु, बाँके, धनुषा र पर्सामा एकएक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५ महिला र चार पुरुष छन् ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८९ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा १ हजार १११ संक्रमित थपिएका छन् । १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुष संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिएका छन् ।


प्रतिक्रिया