भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने सरकारको निर्णय




भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने सरकारको निर्णय

काठमाडौं, ५ भदौ । भदौं १६ देखि अन्तराष्ट्रिय उडान गर्ने निर्णय   बिहिबार बसेको मन्त्रीपरिषको बैठकले गरेको छ ।  पिसिआर परिक्षण रिर्पोट नेगेटिभ आएका विदेशमा रहेका नेपालीका लागि उडान अनुमति दिने निर्णय गरेको हो ।

पिसिआर टेष्ट सहज नभएका देशहरु साउदी अरब, कुवेत, कतारबाट भने नियमित उडान नहुने भएको छ ।  कुन देशबाट कसरी र कति यात्री आउने त्यसबारे पर्यटन मन्त्रालयले तालिका प्रकाशन गर्ने भएको छ ।  पिसिआर टेष्ट नेगेटिभ आएको ७२ घण्टा अवधीका यात्रु मात्र विमानबाट आउन पाउने छन् ।

मन्त्री खतिवडाले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो जानकारी दिएका हुन् । उनले दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउने पनि जनाए ।


प्रतिक्रिया