काठमाडौंका ९४ वर्षका वृद्धको कोरोना संक्रमणबाट मृत्यु




काठमाडौंका ९४ वर्षका वृद्धको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बुधबार काठमाडौं महानगरपालिकाको असन निवासी एक ९४ वर्षीय वृद्धको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार ती पुरुष निमोनियाको बिरामी थिए भने छाती सम्बन्धी पुरानो रोग थियो। उनको भदौ १ गते राति १० बजे मृत्यु भएको थियो । भदौ २ गते स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको अधिकारीले जानकारी दिए ।
सहप्रवक्ता अधिकारीले भने, ‘उहाँको असमायिक निधन भएपछि स्वाब संकलन गरिएको थियो ।’


प्रतिक्रिया