सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन




सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरु सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गरि मन्त्रालयले  आज(विहीबार)बाट लागू हुने गरी सवारी पास वितरण बन्द गर्ने निर्देशन दिएको हो ।कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया