उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाहलाई ३ हप्ताको लागि बन्द गर्ने निर्णय गरेको छ ।उपत्यका भित्र समूदाय स्तरमा संक्रमणको उच्च जोखिमलाई ध्यानमा राखि स्थानीय तहहरुबाट ३ हप्ताका लागि उक्त अत्यावश्यक बाहेकका सेवा प्रवाह रोक्ने निर्णय गरेको छ ।
उपत्यकामा कोरोना संक्रमितको संख्या बृद्धि भइरहेको छ । सोमबार मात्रै काठमार्डाैं उपत्यकामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।