अटो मेकानिक्स र उनीहरुका परिवारलाई निःशुल्क एन्टिजेन प्रविधिबाट परीक्षण




अटो मेकानिक्स र उनीहरुका परिवारलाई निःशुल्क एन्टिजेन प्रविधिबाट परीक्षण

ललितपुर महानगरपालिकाको सहयोग तथा नेपाल अटोमेकानिक्स व्यवसायी संघको आयोजनामा अटो मेकानिक्स र उनीहरुका परिवारलाई कोभिड-१९ को निःशुल्क एन्टिजेन परिक्षण गरिएको छ ।
ललितपुरको हात्तीवनस्थित विष्णु अटो वर्कसपमा  सम्पन्न ११६ जनाको एन्टिजेन परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

ललितपुर महानगरपालिका १५ नम्बर वडा का वडाध्यक्ष सुदर्शन मिश्रको आतिथ्यतामा सम्पन्न उक्त परीक्षण सम्पन्न भएको थियो ।

गत शुक्रबार संघ र महानगरपालिकाले संयुक्त रुपमा सानेपास्थित जल्पादेवी अटो वर्कसपमा गरिएको परीक्षणमा ३ जनामा पोजिटिभ रिपोर्ट आएको थियो ।

यसैक्रममा संघका निवर्तमान अध्यक्ष दीपक खड्काले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण प्रति नेपाल अटो मेकानिक्स व्यवसायी संघ हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यहाँहरुको साथ र सहयोको आपेक्षा गर्दछौ भनेका छन ।

आगामी दिनमा उपत्यकाका अन्य स्थानमा समेत अटो मेकानिक्स र उनीहरुका परिवारलाई परीक्षण कार्य गर्नका लागि पहल भइरहेको बताए उने अखबारपत्रलाई बताए ।


प्रतिक्रिया